सातै प्रदेशमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

सातै प्रदेशमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

  • शनिबार, पुस २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

काठमाडौ २९ पौष ।
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा आज मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

आगामी माघ २४ गते हुने निर्वाचनका लागि उच्च अदालत रहेको जिल्लाको सदरमुकाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

प्रदेश १ को विराटनगरस्थित विरेन्द्र सभागृहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

यसैगरी प्रदेश २ को धनुषा, प्रदेश ३ को ललितपुर, प्रदेश ४ को कास्की, प्रदेश ५ को दाङ, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को हमा निर्वाचन अधिकृतको कार्यालय डोटी जिल्लाको सदरमुकाममा स्थापना गरिएको छ ।

कार्यालय स्थापना भएको जिल्लाका बुधवार नै न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्ति गरिएको छ ।

हरेक कार्यालयमा छुटाछुट्टै दुईवटा मतदान केन्द्र रहनेछन् । एउटा मतदान केन्ऽबाट स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अर्कोबाट प्रदेशसभाका सदस्यहरुले मतदान गर्नेछन् ।

कार्यलय स्थापनापछि अब मुख्य निर्वाचन अधिकृतले राष्ट्रियसभा निर्वाचनको प्रक्रियासंगै राष्ट्रिय सभाका मतदाताहरु गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष, नगर प्रमुख उपप्रमुख तथा प्रदेशसभा सांसदलाई निर्वाचन प्रक्रिया बारे जानकारी गराउने आयोगका प्रवत्ता नवराज ढकालले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ