चेक काटेर पैसा नदिई ठग्ने जैन प्रहरीद्धारा पक्राउ

चेक काटेर पैसा नदिई ठग्ने जैन प्रहरीद्धारा पक्राउ

  • शनिबार, पुस २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

प्रहरीले टेकुस्थित तेज एन्ड करण इन्टरप्राइजेजका मालिक तेजकरण जैनलाई ठगी अभियोगमा पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीवार टेकुबाट पक्राउ गरेको हो । आर्थिक करोबारका क्रममा उनले काटेका चेक बाउन्स भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले विभिन्न व्यक्तिलाई दिएका २० लाख, १२ लाख, २५ लाख ५० हजार र १० लाख रुपैयाँका चेक बाउन्स भएका छन् । वृत्त प्रमुख डिएसपी प्रदीपबहादुर क्षेत्रीले जैनले किभिन्न व्यक्तिलाई काटेका चेक बाउन्स भएपछि पक्राउ गरिएको बताए । उनले भने, ‘उनीविरुद्ध पीडितको उजुरी आउने क्रम जारी छ ।

 

 

त्यसो हुँदा उनीबाट धेरै व्यक्ति ठगिएको हुन सक्ने देखिएको छ ।’ प्रहरीका अनुसार जैन रिकन्डिसनका गाडी व्यापारी हुन् । यस क्रममा उनी पुराना गाडी सस्तोमा किन्ने र नयाँ बनाएर महँगोमा बेच्ने गर्छन् । गाडी खरिद बिक्रीको धन्दासँगै उनले सर्वसाधरणलाई ठग्दै आएको प्रहरीको भनाइ छ । वृत्त प्रमुख डिएसपी क्षेत्रीले भने, ‘उनी कम्पनीको नाममा पुराना गाडी खरिद गर्छन् ।

बिक्रेतालाई खातामा रकम नभएको चेक तुरुन्तै काटिदिन्छन् । त्यही गाडी डेन्टपेन्ट गर्छन् । नयाँजस्तो बनाउँछन् । ग्राहक खोजेर बेचिदिन्छन् । त्यसबापत रकम तुरुन्तै लिन्छन् । तर, गाडी भने पास गरिदिँदैनन् ।’ उनले धेरैलाई गाडी पास नगरेर झुलाइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ