चुनाव हारेकालाई राष्ट्रिय सभामा उम्मेदवार नपठाउने

चुनाव हारेकालाई राष्ट्रिय सभामा उम्मेदवार नपठाउने

  • शुक्रबार, पुस २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

२८ पुस, काठमाडौं । नेकपा एमालेले स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनाव हारेका तथा समानुपातिकको बन्द सूचीमा भएकाहरुलाई राष्ट्रियसभा सदस्य नबनाउने निर्णय गरेको छ ।

एमाले केन्द्रीय सचिवालयको आज बसेको बैठकले राष्ट्रियसभा सदस्यको उम्मेदवारका लागि ६ बुँदे मापदण्ड बनाएको छ ।
जसमा ‘स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नभएका तथा समानुपातिक सूचीमा नाम समावेश नभएका’ भनिएको छ ।

पार्टीमा लामो योगदान गरेका, पार्टीसँग वैचारिक आवद्धता राख्दै विभिन्न क्षेत्रमा योगदान र्पुयाएका, विभिन्न विषयका विज्ञ हुनु पर्ने पनि मापदण्डमा उल्लेख छ ।

एमालेले माघ ५ गतेभित्र उम्मेदवारहरुको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई भनेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ