काठमाडौं, पुस २८ ।
वाम गठबन्धनको संयुक्त कार्यदलका सदस्यहरुको अनुपस्थितीका कारण आज बसेको पहिलो बैठक औपचारीकतामा नै सिमित भएको छ ।
एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा राष्ट्रियसभाका साझा उम्मेदवार र प्रदेश सरकारको प्रारम्भिक खाकालगायतका विषयमा सामान्य छलफल मात्र भएको कार्यदल सदस्य एवं एमाले नेता सुवास नेम्वाङले जानकारी दिनुभयो ।
कार्यदलमा रहेका एमाले नेता सुरेन्द्र पाण्डे र शंकर पोख्रेल तथा माओवादी नेता वर्षमान पुन उपस्थित हुन नसकेपछि आज थप छलफल अघि नबढेको उहाँले बताउनुभयो ।
एमाले अध्यक्ष केपि ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्देशन लगत्तै हिजो आ–आफ्ना पार्टीमा आन्तरिक छलफल गरेपछि कार्यदलको पहिलो बैठक आज बसेको हो ।
कार्यदलले सहमति जुटाएका विषय एकता संयोजन समितिमा वुझाउने छ । पार्टी एकता प्रक्रियालाई अन्तिम चरणमा र्पुयाएको दावी गर्दै आएको वाम गठबन्धनले नयाँ सरकार गठनअघि नै पार्टी एकता प्रक्रिया टुंगोमा र्पुयाउने तयारी गरेको छ ।
नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रियसभाको चुनाव, प्रदेशसभा गठन र प्रदेश सरकार निर्माणको लागि कार्यदल गठन गरेको हो ।