माओवादीका सबै मन्त्रीहरुले दिए सामुहिक राजिनामा : जादाँजादै भने, प्रधानमन्त्री ज्यू छिटो सत्ता छाड्नुहोस !

माओवादीका सबै मन्त्रीहरुले दिए सामुहिक राजिनामा : जादाँजादै भने, प्रधानमन्त्री ज्यू छिटो सत्ता छाड्नुहोस !

  • शुक्रबार, पुस २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौं, पुस २८ ।
विना वीभागिय भएको ६८ दिनपछि आज माओवादी केन्द्रका मन्त्रीहरु सरकारबाट फिर्ता भएका छन् ।

आज प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पुगेर माओवादीका नेता तथा विना वीभागिय मन्त्री गिरीराजमणी पोख्रेलले सरकारबाट फिर्ता हुने पत्र प्रधानमन्त्रीलाई बुझाउनुभएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हस्ताक्षर रहेको पत्रमा माओवादी केन्द्रका मन्त्रीलाई फिर्ता बोलाउने उल्लेख गरिएको छ ।

माओवादी केन्द्रको तर्फबाट सरकारमा नेतृत्व गर्नुभएका नेता कृष्णबहादुर महरा गृहजिल्ला दाङ भएका कारण पत्र नेता गिरीराजमणी पोखरेलले प्रधानमन्त्रीलाई बुझाउनु भएको हो ।

माओवादी केन्द्रले पत्रमा प्रधानमन्त्रीलाई सत्ता छिटो हस्तान्तरण गर्नका लागि पनि आग्रह गरेको छ ।

सरकार छाडेको पत्रमा नै माओवादीले प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि सत्ता लम्ब्याउन खोजेको भन्दै छिटोभन्दा छिटो सत्ता हस्तान्तरण गर्न आग्रह गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ असोजमा नौ मन्त्री र सात राज्यमन्त्रीको जिम्मेवारी खोसेर विना विभागीय बनाएपनि माओवादी मन्त्रीहरुले राजीनामा दिएका थिएनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ