वैशाख १ देखि आर्थिक गणना थाल्ने मन्त्रिपरिषद्को निर्णय

वैशाख १ देखि आर्थिक गणना थाल्ने मन्त्रिपरिषद्को निर्णय

  • शुक्रबार, पुस २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौं २८ पुस ।
सरकारले आगामी वर्ष २०७५ मा आर्थिक गणना गर्न स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले आगामी वैशाख १ गतेदेखि राष्ट्रिय आर्थिक गणना(२०७५ गर्नेगरी त्यसको सूची आदेश जारी गर्ने निर्णय गरेको हो ।

केन्द्रीय तथ्याङ्क विभागले आगामी वर्षदेखि आर्थिक गणना गर्नेगरी तयारी गरिरहेको छ । तथ्यांक ऐनमा यस्ता राष्ट्रिय गणना गर्दा राज्यले जनतालाई सूचना दिनुपर्ने व्यवस्थाबमोजिम मन्त्रिपरिषद्ले यस्तो स्वीकृति दिएको हो

मन्त्रिपरिषद्को यो निर्णय राजपत्रमा प्रकाशित भएपछि यसले कानूनी रुप पाउने विभागका निर्देशक अनिल शर्माले जानकारी दिनुभएको छ ।

नेपालमा गर्न लागिएको यो आर्थिक गणना पहिलो भएको वताईएको छ । आर्थिक गणनाले मुलुकभरको समग्र आर्थिक इकाई र गतिविधिको अवस्था जानकारी दिने विभागका निर्देशक शर्माले बताउनु भयो ।

जनगणनामा कुल जनसंख्याको हिसाव गरिएजस्तै आर्थिक गणनमा पनि आर्थिक इकाईको गणना गरिने भएको छ ।

आर्थिक इकाइले आयआर्जन, सेवासञ्चालन लगायतका आर्थिक क्रियाकलाप समेट्ने जाकार िदिईएको छ ।

आर्थिक गणनाका लागि विभागले प्रश्नावली तयार गरिसकेको छ । यसको प्रस्ताव पनि मन्त्रिपरिषद्बाट स्वीकृत हुनुपर्ने व्यवस्था रहेको छ । यसबाहेक विभागले आर्थिक गणनाका लागि ‘फिल्ड म्यानेजमेन्ट’ को तयारी गरिरहेको छ ।

यसका लागि मुलुकभरका ७७ वटै जिल्लामा कार्यालय र कर्मचारी व्यवस्थापनको काम भइरहेको विभागको भनाई छ । यी दुईवटै प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएपछि गणनाको काम सुरु हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ