टर्कीमा पुर्याएर मान्छे बेचेर ठगि गर्ने तिन जना प्रहरी खोरमा

टर्कीमा पुर्याएर मान्छे बेचेर ठगि गर्ने तिन जना प्रहरी खोरमा

  • शुक्रबार, पुस २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

युरोपमा आकर्षक तलबको प्रलोभन देखाई मानव बेचबिखन गर्ने तीन जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो–सिआईबीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कास्कीको पोखरा पृथ्वीचोक बस्ने स्याङजाका २९ वर्षीय प्रवीन गिरी, कास्कीको पोखरा पृथ्वीचोक बस्ने स्याङजाको चापाकोट नगरपालिका–४ का २८ वर्षीय प्रदीप गिरी र झापाको गौरादह नगरपालिका–४ बस्ने ४६ वर्षीय ज्ञानेन्द्र अधिकारी छन् । प्रवीन र प्रदीपलाई सोमबार तथा अधिकारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

 सिआईबीका अनुसार उनीहरुले युरोपियन मुलुकमा आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा लगाइदिन्छु भनि राहदानीमा नक्कली भिसा लगाएर प्रतिब्यक्ति ८ लाख ५० हजार रुपैयाँ लिई टर्की  पुर्याएर २ महिनासम्म श्रम शोषण गरी अलपत्र पारेका थिए । उनीहरुबाट कति जना पीडित भएकोकुरा सिआईबीले प्रष्ट पारेको छैन ।

ठगी गर्ने पक्राउ
यसैबीच केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ‘कोनटेक प्रालि’ नामको संस्थाको ठूलो परिमाणको चेक चोरी गरी सोही चेकमार्फत विभिन्न व्यापारीलाई ५६ लाख ६५ हजार रुपैयाँ भन्दा बढी रकम ठगी गर्ने ललितपुरको बालकुमारीस्थित सनराइज होम्स बस्ने भारत झारखण्ड राची तिवारी स्ट्रिटका ३६ वर्षीय अखिल कुमारलाई सीआईबीको टोलीले पक्राउ गरेको छ ।निजलाई ठगी मुद्धामा काठमाडौं जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको सो ब्यूरोले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी