काठमाडौं, पुस २७ ।
पूर्व सभामुख ओनसरी घर्तीमगरले महिलामाथि लिंगका आधारमा हुने हिंसा तथा विदेभ अन्त्यका लागि स्थानीय जनप्रतिनिधि साथै नव निर्वा्चित महिला जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
संविधानसभाबाट नयाँ संविधान जारी भई स्थानीय तहको चुनाव भएको र त्यसबाट सबै स्थानीय तहमा कम्तिमा ३३ प्रतिशत महिला प्रतिनिधि चुनिएकाले अब लैंगिक हिंसा विरुद्धको अभियानलाई प्रभावकारी बनाउन सकिने अवस्था आएको उहाँले बताउनुभयो ।
ललितपुरमा आज वाट सुरु ‘लैंगिक समानता तथा महिला सशक्तिकरण ः स्थानीय जन निर्वा्चित प्रतिनिधिहरुको जवाफदेहिता’ विषयक तीन दिने राष्ट्रिय सम्मेलनको उद्घाटनसत्रमा उहाँले धेरै स्थानीय तहको न्यायपालिकाको जिम्मा महिलाले पाएकाले लैंगिक हिंसा विरुद्धको अभियानका लागि थप अवसर रहेको बताउनुभयो ।
कार्यक्रममा एमाले नेत्री अष्टलक्ष्मी शाक्यले सामाजिक रुपान्तरणका लागि एकजुट भएर लाग्नु पर्नेमा जोड दिनुभएको छ ।
स्थानीय तहमा निर्वा्चित भएका जनप्रतिनिधिसँगको सहकार्यमा लैंगिक आधारमा हुने हिंसा विरुद्ध काम गर्न सजिलो हुने देखिएको उहाँको भनाई थियो ।