राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि निर्वाचन अधिकृत नियुक्त, यी हुन् सात प्रदेशमा नियुक्त निर्वाचन अधिकृत

राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि निर्वाचन अधिकृत नियुक्त, यी हुन् सात प्रदेशमा नियुक्त निर्वाचन अधिकृत

  • बिहिबार, पुस २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौं ,पुस २७ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको निर्वाचन आयोगले चुनावका लागि अधिकृत नियुक्त गरेको छ ।
आयोगले प्रत्येक प्रदेशमा एकएक जना गरी ७ जना निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।

आयोगले आजदेखि लागु हुने गरी राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७४ अनुरुप निर्वाचन अधिकृत नियुक्त गरेको जनाएको छ ।

प्रदेशको उच्च अदालत रहेको जिल्लाका जिल्ला न्यायाधीशहरुलाई निर्वाचन अधिकृतको रुपमा नियुक्त गरेको हो । आयोगले न्याय परिषद् सचिवालयले सिफारिस गरेका जिल्ला न्यायाधीशहरुलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।

निर्वाचन अधिकृतको कार्यालय भने पुस २९ गते स्थापना गर्ने आयोगले जनाएको छ । कार्यालय सम्बन्धित प्रदेशको उच्च अदालत रहेको जिल्लाको सदरमुकाम स्थापना गरिने छ।

आयोगले प्रदेश १ मा मोरङका जिल्ला न्यायाधीश राजुकुमार खतिवडा तथा प्रदेश २ मा धनुषाका जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीलाई नियुक्त गरेको छ । यस्तै
प्रदेश ३ मा ललितपुरका जिल्ला न्यनयनधीश बालकुमुन्द दवाडी , चार मा कास्कीका जिल्ला न्यायाधीश दीपेन्द्र अधिकारी , ५ मा दाङका जिल्ला न्यायाधीश हेमन्त रावल नियुक्त हुनुभएको छ ।

६ नम्बर प्रदेशको निर्वाचन अधिकृतको जिम्मेवारी सुर्खेतका जिल्ला न्यायाधीश जयानन्द पनेरुले पाउनु भएको छ भने प्रदेश ७ मा डोटीका जिल्ला न्यायाधीश नरनारायण पौडेललाई नियुक्त गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ