त्रिवि शिक्षण अस्पतालका हाड जोर्नी विशेषज्ञ डा. गोविन्द केसी आज भोली अनसन उपनामले चिनिन थालेका छन् । शिक्षण अस्पतालमा मेडिकल शिक्षा सम्बन्धि मुद्धामा पटक पटक अनसन बस्दै सरकारलाई सम्झौता गर्न बाध्य पार्ने डा. केसीको १४ औं अनसन फरक संस्था विरुद्ध थियो । अर्थात प्रधानन्यायधीश गोपाल प्रसाद पराजुलीको राजीनामा र उनीमाथि अनुसन्धान हुनु पर्ने विषयमा थियो ।
फरक फरक नागरिकता, गलत शैक्षिक प्रमाण पत्र जस्ता विभिन्न दावी पेश गर्दै डा. केसीले प्रधानन्यायधीशमाथि अनुसन्धान हुनु पर्छ भनी अनसन बसे पछि उनलाई लगत्तै सर्वोच्चले पक्राउ गरी बयानका लागि ल्याउन भन्यो ।
मंगलबार र बुधबार केसीको पक्षमा एक सय जति वकिलको हुल बहस गर्न उभिरहदा र बाहीर पनि चौतर्फी जनदवाव बढे पछि सर्वोच्चले केसीलाई साधारण तारेखमा मात्र छाडेन , केसीको माग अनुसार प्रधानन्यायधीश पराजुलीको शैक्षिण प्रमाण पत्र लगायतका कागजात पेश गर्न आदेश समेत दिएको छ ।
यदी यो आदेश कार्यन्वयन भयो र पराजुलीको शैक्षिक प्रमाण पत्र सहितका विषयमा किर्ते वा गलत केही देखियो भने पराजुलीको जागिर धरापमा पर्ने निश्चित देखिन्छ ।
यदी पराजुलीको जागिर गयो भने त्यो गोविन्द केसीका कारण जाने देखिन्छ ।