काठमाडौं, पुस २६ । नेपाली कांग्रेसका नवनियुक्त प्रवक्ता विश्वप्रकाश शर्माले उमेर नभइ एजेन्डा हुनेले पार्टीको नेतृत्व गर्नुपर्ने बताउनु भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले आज पार्टी कार्यालय सानेपामा गरेको पत्रकार सम्मेलनमा शर्माले अब कांग्रेसको नेतृत्व उमेर हुनेलेमात्र नभएर एजेन्डा हुनेले गर्नुपर्ने बताउनु भयो ।
पार्टी प्रवक्ताको रुपमा पहिलो पत्रकार सम्मेलन गर्नुभएका शर्माले ‘कांग्रेस पार्टी भूकम्पपछिको नेपालजस्तै बनेको र पुनःनिर्माणका लागि तयारी भइरहेको’ भन्दै केन्द्रीय कार्यसमितिको बैठक छिट्टै बस्ने बताउनु भयो ।
शर्माले पार्टी प्रवक्ता नियुक्ति हुनुअघि नेतृत्व हस्तान्तरणको माग आफूले गरेको तर विशेष महाधिवेशनको माग नगरेको समेत जिकिर गर्नुभयो ।
डा. गोविन्द केसीसम्बन्धी जिज्ञासामा उहाँले कार्यसम्पादन समितिको बैठक नबसी केही भन्न नमिल्ने बताउनुभयो ।