प्रदेश राजधानी माग गर्दै डोटीमा रिले अनशन

प्रदेश राजधानी माग गर्दै डोटीमा रिले अनशन

  • बुधबार, पुस २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

डोटि पुस २६ ।
प्रादेशिक राजधानीको माग गर्दै आजदेखि डोटीमा रिले अनशन सुरु गरिएको छ ।

साविकको क्षेत्रीय सदरमुकाम रहेको दिपायलमा प्रदेश नम्बर–७ को राजधानी बनाउनुपर्ने माग गर्दै डोटी नागरिक समाजले रिले अनशन सुरु गरेको हो ।

दिपायलस्थित क्षेत्रीय प्रशासन कार्यालयनजिकै आज बिहान ९ बजेबाट २४ घन्टे रिले अनशन सुरु गरिएको छ ।

सायल गाउँपालिका–५, पटकानीका ३५ वर्षीय तेज डुम्रेल र डा । केआइसिंह गाउँपालिका–४, चन्केसैनका ५० वर्षीय खगेन्द्रप्रसाद भट्टले रिले अनशन थालेका थिए ।

सरकारले दिपायलमा प्रदेश–७ को राजधानी घोषणा नगरेसम्म रिले अनशन जारी रहने समाजले जनाएको छ ।

उता संघर्ष समितिले भने प्रदेश राजधानी माग गर्दै क्षेत्रीय प्रशासन कार्यालयको गेटमा हिजो देखि सुरु गरेको धर्ना कार्यक्रमलाई जारी राखेकोे छ ।

विगत १४ दिनदेखि आमहडतालसहितको विभिन्न कार्यक्रम गर्दै आएको संघर्ष समितिले हिजोबाट धर्नाको कार्यक्रम थालेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ