निर्वाचन अवधिभर ११४ वटा उजुरी , ८३ उजुरीमाथि कारबाही

निर्वाचन अवधिभर ११४ वटा उजुरी , ८३ उजुरीमाथि कारबाही

  • बुधबार, पुस २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौँ, २६ पुस ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन अवधिभर ११४ वटा निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी परेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नवराज ढकालले आयोगमा दर्ता भएका ती उजुरीको अध्ययन गरी ८१ वटाको कारबाही किनारा लगाइएको र ३३ वटा उजुरी केही गर्नु नपर्ने खालको भएको बताउनुभयो ।
आचारसंहिता विपरीत आयोगमा सबैभन्दा बढी ३९ वटा गाडी प्रयोग गरेको उजुरी परेको थियो ।
यस्तै कर्मचारीको सरुवा र काजसम्बन्धी ३१, विभिन्न निकायमा नयाँ कर्मचारी नियुक्तिका लागि परीक्षा सञ्चालन र करारमा भर्ना ११, निर्वाचनमा खटिने कर्मचारीको पाँच, विभिन्न समितिमा पदाधिकारी नियुक्ति र नगर तथा गाउँसभा सञ्चालनसम्बन्धी पाँच, मन्त्रिपरिषद् विस्तारसम्बन्धी एकवटा उजुरी दर्ता भएको थियो ।
गत मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि गत भदौ १४ देखि मंसिर २६ गतेसम्म निर्वाचन आचारसंहिता लागू भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ