राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका भोली सार्वजनिक गर्ने तयारी , अहिलेसम्म १० दल मात्रै दर्ता

राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका भोली सार्वजनिक गर्ने तयारी , अहिलेसम्म १० दल मात्रै दर्ता

  • मङ्लबार, पुस २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाण्डौ ,पुस २५ ।

राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका भोली सम्ममा सार्वजनिक गर्ने निर्वाचन आयोगले तयारी गरेको छ ।

आयोगका प्रवक्ता दिनेश घिमिरेका अनुसार सबै तयारी पुरा भएकाले भोली राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका सार्वजनिक हुने छ ।

सरकारले माघ २४ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने निर्णय गरिसकेको छ ।

यसैबीच ,निर्वाचन आयोगमा राष्ट्रियसभाको निर्वाचनका लागि अहिलेसम्म १० वटा राजनीतिक दलले दल दर्ता गरेका छन् ।

माघ २४ गते हुन लागेको निर्वाचनका लागि अहिलेसम्म १० वटा राजनीतिक दलले मात्र दल दर्ता गरेको आयोगका कानून तथा राजनीतिक दल सम्बन्ध महाशाखाका शाखा अधिकृत धर्मचन्द्र तिमिल्सेनाले जानकारी गराउनुभयो ।

ठूला पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहित मधेशवादी दलले पनि अझै दल दर्ता गराएका छैनन् । उहाँका अनुसार नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा, नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, बहुजन शक्ति पार्टी, नेपाल परिवार दल, नेपाल नौलो जनवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातन्त्रवादी) र विवेकशील साझा पार्टीले दल दर्ता गरेका छन् ।

आयोगले यही पुस १४ देखि २८ गतेसम्म राष्ट्रियसभाको निर्वाचनका लागि राजनीतिक दललाई दल दर्ताको समय दिएको हो । राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट आठ जनाका दरले ५६ जना निर्वा्चित हुनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ