सरकार संकीर्ण दलीय स्वार्थबाट सञ्चालित छ : एमाले

सरकार संकीर्ण दलीय स्वार्थबाट सञ्चालित छ : एमाले

संविधानको अपब्याख्या गर्दै आयु लम्ब्याउने खेलमा लागेको अाराेप

  • सोमवार, पुस २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाण्डाै ,पुस २४ ।

नेकपा एमालेले सरकार संविधानको अपब्याख्या गर्दै वर्तमान सरकार आफ्नो आयु लम्ब्याउने खेलमा लागेको अाराेप लगाएकाे छ ।सरकारको पछिल्लो कामकारवाही प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै ती कुनै पनि निर्णयप्रति नयाँ बन्ने सरकारको दायित्व नहुने स्पष्ट पार्दै संविधानको भावना र मर्म विपरीतको कार्य नगर्न सरकारलाई सचेत गराएको छ ।

भक्तपुरको बाल्कोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा साँझ बसेको स्थायी कमिटी बैठकले राष्ट्रियसभा निर्वाचनको मिति एक महिनापछि तोकिनुले सरकारको उद्धेश्य प्रष्ट पारेको निष्कर्ष निकालेको हो । प्रदेशको अस्थायी राजधानी तोक्ने अधिकार वर्तमान सरकारलाई संविधानले नै दिएपनि कांग्रेस नेतृत्वको वर्तमान सरकार प्रदेशसभा सदस्यहरुको शपथ काठमाडौंमा गर्ने तयारीमा लाग्नु र प्रदेश प्रमुखको नियुक्ती प्रक्रिया अगाडि बढाउनुले सरकार संकीर्ण दलीय स्वार्थबाट सञ्चालित रहेको एमालेको आरोप छ ।

सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा काम चलाउको हैसियतमा रहेको सरकारले जथाभावी नियुक्ती, सरुवा–बढुवा, राज्यकोषबाट करोडौं रकम वितरण र गम्भीर नीतिगत निर्णय गर्नु अनैतिक र गैरकानूनी भएको उल्लेख छ । सरकारका पछिल्ला निर्णयप्रति गम्भीर आपत्ति जनाउंदै विज्ञप्तिमा भनिएको छ, यसबीचमा भएका सरकारका कुनैपनि निर्णयप्रति नयाँ बन्ने सरकारको कुनै दायित्व नरहने स्पष्ट पार्न चाहान्छ ।

यस्तै प्रतिनिधि र प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम राष्ट्रपति समक्ष नबुझाउने निर्वाचन आयोगको कार्य संविधानको भावना विपरित भएको निष्कर्ष निकाल्दै एमालेले कसैको दवाव र प्रभावमा नपरी संवैधानिक व्यवस्थाअनुसार आफ्नो जिम्मेवारी पूरा गर्न आयोगलाई आग्रह गरेको छ ।

एमालेले माओवादी केन्द्रसँगको एकीकरणबारे पछिल्लो समय सार्वजनिक भएका भ्रम र अफवाहप्रति प्रभावित नहुन सबैमा आग्रह गर्दै एकीककरणलाई असहज हुने गरी व्यक्तिगत धारणाहरु सार्वजनिक नगर्न पार्टी नेतृत्वलाई समेत सचेत गराएको छ ।  एमालेले तराई लगायत मुलुकका विभिन्न जिल्लामा बढ्दो शीतलहरप्रति संवेदनशील हुन सरकारलाई आग्रह गर्दै न्यायो सामाग्री वितरणमा ध्यान दिन सरकार, जनप्रतिनिधि लगायतलाई सुझाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ