काठमाडौं, पुस २४ । पूर्वराजा ज्ञानेन्द्र शाहले साेमबार भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका छन् ।
मध्यपश्चिम र सुदूरपश्चिम नेपालको भ्रमणकाक्रममा केही दिनदेखि नेपालगन्जमा रहेका पूर्वराजा शाह त्यहीँबाट आइतबार उत्तर प्रदेशको राजधानी लखनउ पुगेका थिए ।
मुख्यमन्त्री आदित्यनाथसँग पूर्वराजा शाहको भेटवार्ताको विषय भने खुलेको छैन ।
आदित्यनाथले सोमबार लखनउस्थित सरकारी निवासमा पूर्वाराजा शाहसँग भेट गरेको ट्वीट गर्दै तस्वीर सार्वजनिक गरेका छन् ।
मुख्यमन्त्री योगी आदित्यनाथ हिन्दूवादीकारुपमा चिनिन्छन् । उनले नेपालमा पनि हिन्दूधर्मको मुद्दामा समर्थन जनाउँदै आएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline

