भोलि प्रदेश प्रमुख नियुक्त, काे काे बन्दैछन् प्रदेश प्रमुख ?

भोलि प्रदेश प्रमुख नियुक्त, काे काे बन्दैछन् प्रदेश प्रमुख ?

  • आइतवार, पुस २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

२३ पुस,काठमाडौँ । सरकारले प्रदेश प्रमु्ख नियुक्ति गर्ने तयारी गरेको छ । प्रदेशको अस्थायी तोक्ने र प्रदेश प्रमुखको नियुक्त गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएका थिए । तर, बैठकमा कुनै सहमति भएन ।

पाँच पार्टीको बैठकमा एमालेले सहमति नदिएपछि सरकारले एक्लैले प्रदेश प्रमुख नियुक्त गर्ने तयारी गरेको छ । सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले सातओटै प्रदेश प्रमुख नियुक्त गर्ने बताइएको छ ।

सहमति भएको भए नेकपा एमाले र माओवादी केन्द्रले सिफारिस गरेका व्यक्ति पर्ने भएपनि सहमति भएको हुँदा सरकार आफैले चाहेका व्यक्तिलाई तोक्ने तयारी गरेको बताइएको छ । प्रदेश प्रमुख आलंकारी पद भएपनि महत्वपूर्ण मानिएको छ । राजनीतिक नियुक्त गर्ने संवैधानिक व्यस्था छ ।

सरकारले कसलाई प्रदेश प्रमुखको रुपमा पठाउला भन्ने चाँसो बढेको छ । प्रधानमन्त्री देउवाले त्यसको लागि व्यापक छलफलमा रहेको काँग्रेस नेताहरुले बताएका छन् । काँगेस स्रोतका अनुसार पूर्वप्रधानसेनापति रुकमांगत कटवाल, त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, सर्वोच्च अदालतका पूर्वन्यायाधीश रामनगिना सिंह, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल र माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालगायतको पहिलो श्रेणीमा राखिएको छ ।

काँग्रेस स्रोतका अनुसार यी पात्रमा अान्तरिक सहमति जुटेमा माओवादी केन्द्रले सरकार चलाउने सम्भावना रहेका ६ नम्बर र ७ नम्बर प्रदेशमा कटवाललाई पठाउने तयारी भइरहेको छ । माओवादीसँगको कटवालको पूरानो दुश्‍मनीलाई उपयोग गर्दै सरकारले उपयोग गर्ने बताइएको छ । विभिन्‍न कारणले नाम चलेका उनीहरुलाई नियुक्त गर्दा एमाले र माकेलाई विरोध गर्न नसक्ने अनुमान काँग्रेसले गरेको छ । माथि नाम लिइएका सबै काँग्रेस निकट ब्यक्तिहरु हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ