शुक्रबार हत्या गरिएका व्यवसायी बसन्त पौडेल (बलु) हत्याको विरोधमा युवा संघ रुपन्देहीले अनिश्चितकालिन रुपन्देही बन्द गरेको छ।
बन्दका कारण बिहानैदेखि रुपन्देहीको जनजीवन प्रभावित भएको छ । भैरहवामा बन्दको आंशिक प्रभाव परेपनि बुटवल बजार पूर्ण रुपमा बन्द छ । स्कूल कलेज बन्द छन् । यातायात, उद्योग कलकारखाना ठप्प छन। बन्दका कारण सिद्धार्थ राजमार्ग र पूर्व पश्चिम राजमार्गको सालझण्डी बुटवल र बुटवल खैरेनीसम्मको सडकका लामो तथा छोरो दूरीका सवारी साधन चलेका छैनन।
शुक्रबार रुपन्देहीको देवदह २ मा युवा संघका सदस्य समेत रहेका काठ व्यवसायी पौडेलको गोली हानी हत्या गरिएको थियो । युवासंघ रुपन्देहीले नागरिकको शान्ति सुरक्षाको पूर्ण प्रत्याभूती गर्न र घटनाको सत्य तथ्य पत्ता लगाइ दोषीलाई तत्काल पक्राउ गर्न माग गर्दै आजदेखि अनिश्चितकालिन रुपन्देही बन्दको घोषणा गरेको हो।
गत वर्षको पुसमा पनि सोही ठाउमा युवा संघका दुर्गा तिवारीलाइ गोली हानी हत्या गरिएको थियो ।