लुहार दम्पतीको घाँटी रेटेर हत्याको प्रयास

लुहार दम्पतीको घाँटी रेटेर हत्याको प्रयास

  • शुक्रबार, पुस २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

कञ्चनपुर, २१ पुस  कञ्चनपुरको बेदकोट नगरपालिका–४ बैतडा सार्कीपार्की टोलका लुहार दम्पतीको गए राति घाँटी रेटेर हत्याको प्रयास गरिएको छ ।

अपांगता भएका अन्जाजी ४० वर्षीय गोविन्द लुहार र उहाँकी ३५ वर्षीया श्रीमती सरस्वती लुहारको घरभित्रै घाँटी रेटेर हत्याको प्रयास गरिएको हो । दुवै घाइते बेहोस अवस्थामा घरभित्रै फेला परेको झलारी इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताउनुभयो । घटनास्थलमा चक्कु र घन फेला परेको उहाँले बताउनुभयो ।

दुवैजनाको घाँटी र टाउकामा गम्भीर चोट लागेको छ । सो घटनामा संलग्नको खोजीका लागि प्रहरीले अनुसन्धान थालेको छ । बेहोस अवस्थामा फेला परेका घाइते दम्पतीलाई स्थानीय बासिन्दाको सहयोगमा आज बिहान उपचारका लागि महेन्द्रनगरस्थित महाकाली अञ्चल अस्पताल पु¥याइए पनि अवस्था गम्भीर भएकाले थप उपचारका लागि कैलाली पठाइएको छ । दुवै दम्पतीको उपचारका लागि रु १५ हजार बेदकोट नगरपालिकाका प्रमुख अशोक चन्दले उपलब्ध गराउनुका साथै सो घटनाको सत्यतथ्य छानबिनका लागि माग गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ