काँग्रेस नयाँ सरकारको पक्षमाः थापा

काँग्रेस नयाँ सरकारको पक्षमाः थापा

  • बिहिबार, पुस २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

 

दमक, २० पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगन थापाले काँग्रेस नेतृत्वको वर्तमान सरकार जति सक्दो चाँडो नयाँ सरकार निर्माण गर्न चाहेको बताउनुभएको छ ।

झापाको दमकमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले भन्नुभयो– “काँग्रेसले जतिसक्दो चाँडो नयाँ सरकार निर्माण होस् भन्ने पक्षमा भए पनि कानुनी प्रक्रियाले गर्दा केही विलम्ब देखिएको छ ।”

नेता थापाले संघीय संसदमा ३३ प्रतिशत महिला हुनुपर्ने कानुनी बाध्यताका कारण राष्ट्रियसभाको निर्वाचन नभई नयाँ सरकार गठन नहुने भएकाले केही ढिलाइ हुन पुगेको हो भन्दै कानुनी प्रक्रिया नै नबुझी निर्वाचन आयोगलाई गाली गर्नुको कुनै तुक नहुने बताउनुभयो ।

“कानुनी प्रक्रिया पूरा गरेर जतिसक्दो चाँडो नयाँ सरकार गठन गर्न तर्फ दलहरु जुट्नुपर्छ,” उहाँले भन्नुभयो ।

फरक प्रसंगमा नेता थापाले निर्वाचनको परिणामले काँग्रेसको पुनःसंरचना गर्नुपर्ने देखिएको बताउँदै जतिसक्दो चाँडो महासमिति बैठक बोलाएर महाधिवेशनको तयारीमा पार्टी लाग्नु पर्ने धारणा व्यक्त गर्नुभयो ।

काँग्रेसको पहिलो पुस्ताले मुलुकमा धेरै योगदान दिएको स्मरण गर्दै उहाँले अबको महाधिवेशनबाट पार्टीको पुरानो पुस्ता कार्यकारी तहमा आउन नहुने बताउनुभयो ।
–––

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ