पार्टी एकता भए पनि जनताको बहुदलीय जनवाद सिद्धान्तलाई नछोडिने :नेपाल

पार्टी एकता भए पनि जनताको बहुदलीय जनवाद सिद्धान्तलाई नछोडिने :नेपाल

  • बुधबार, पुस १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

नेकपा (एमाले)का नेता माधवकुमार नेपालले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकताबारे छलफल भइरहेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उहाँले दुई पार्टीबीच राजनीतिक, वैचारिक र सैद्धान्तिक विषयमा छलफल भइरहेको बताउनुभयो ।

नेता नेपालले आवश्यकताअनुसार सबै नेताको व्यवस्थापन गरेर पार्टी एकता गरिने गरी छलफल भइरहेको स्पष्ट पार्नुभयो । “सानो प्रभावकारी र चुस्त सांगठनिक संरचना आवश्यक छ”– उहाँले भन्नुभयो ।

उहाँले पदको निम्ति हानथाप गर्नुभन्दा पनि त्याग गर्ने वातावरण निर्माण गर्नुपर्ने बताउँदै महाधिवेशनको मिति तोकेर नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिनुभयो ।

नेता नेपालले निर्वाचनमा वाम गठबन्धनलाई जनताले बहुमत दिएर पठाएको भन्दै पाँच वर्षसम्म वाम गठबन्धनलाई काम गर्ने वातावरण निर्माण गर्न काँग्रेससँग आग्रहसमेत गर्नुभयो ।

उहाँले पार्टी एकता भए पनि जनताको बहुदलीय जनवाद सिद्धान्तलाई नछोडिने बताउनुभयो । “जवजको सान्दर्भिकता अझै बढ्दै गएको छ, कतिपय कुरा समयअनुसार फेरेका छौँ, माओवादीले पनि २१ शताब्दीको जनवाद भनिरहेका बेला समाजवादउन्मुख अर्थतन्त्र नै हाम्रो यात्रा हो”– उहाँले भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ