एकता नहुँदै एमालेभित्र प्रचण्डको पक्षमा बहुमत !

एकता नहुँदै एमालेभित्र प्रचण्डको पक्षमा बहुमत !

  • मङ्लबार, पुस १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 14.3K
    SHARES

१८ पुस,काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रिया अपेक्षा गरेअनुसार अगाडि बढ्न नसक्दा विभिन्‍न शंका र अडकल लगाउन थालिएको छ । खास गरी एकीकृत पार्टीको अध्यक्ष को बन्‍ने विषय पेचिलो बनेको छ ।

एमाले ठूलो दल भएका कारण संदसदीय दलका नेता तथा पार्टी सभापति केपी शर्मा ओली प्रधानमन्त्री बन्‍ने कुरामा माओवादी केन्द्रले स्वीकार गरेको छ । तर, पार्टी अध्यक्षबारे विवाद छ । एमालेभित्र ओली पक्ष प्रचण्डलाई अ‍ध्यक्ष स्वीकार गर्न तयार छैन ।

एमालेभित्रको लामो समयदेखिको विवाद एकतामा पनि देखिएको छ । नेता माधव कुमार नेपाल, वामदेव गौतमसहित केही युवा नेता प्रचण्डलाई अध्यक्ष स्वीकार गर्न तयार भइसकेका छन् । त्यसैगरी अर्का नेता झलनाथ खनाल पनि अाफूलाई सुरक्षित स्थान दिए प्रचण्डलाई स्वीकार गर्न तयार भइसकेका छन् ।

एकतापछि अाफ्नो अहिलेसम्मको पार्टीभित्रको एकलौटी गुम्ने डर ओलीलाई छ । एउटै पार्टीमा भएका कारण मात्रै बोलचाल गरिरहेका नेता नेपाल र गौतम पक्षले अाफूलाई भन्दा प्रचण्डलाई साथ दिने भएका कारण ओली झस्केका छन् । यतिबेला ओली संकटमा छन् । प्रधानमन्त्री र अध्‍यक्ष छोड्न पनि नसक्ने र बस्न पनि नसक्ने अवस्थामा पुगेका छन् । प्रधानमन्त्री भए पार्टीभित्रको पहुँच गुम्ने र अध्यक्ष भए पाँच वर्षसम्म प्रधानमन्त्री हुने मौका गुम्ने खतरा ।

त्यसैले ओलीले प्रचण्डलाई आफूपछिको वरियतामा राखी पार्टी एकीकरणको प्रस्ताव अघि सारेका छन् । त्यो माकेले मानेको छैन । निर्णयक ठाउँमा भएकोले प्रचण्डले राम्रै बार्गेनिङ गरिरहेका छन् । पार्टी एकता नुहने अवस्थामा नेपाली काँग्रेसले पनि प्रधानमन्त्रीको अफर गरिरहेको हुँदा ओली थप दवावमा परेका छन् ।
एकीकृत पार्टीमा प्रचण्ड बहुमतमा हुनेछन् । माओवादी, नेपाल,गौतम र खनाल पक्ष प्रचण्डतिर उभिने छ भने ओली पक्ष एक्लै हुनेछ ।

माओवादी केन्द्रका नेताहरूले निर्वाचनमा नेपाली जनताले एमाले र माओवादीबीच हुने एकतालाई मतदान गरेको भन्दै दुवै पार्टीका तलदेखि माथिसम्मका नेताहरूको शक्ति बाँडफाँट प्रभावकारी हुनुपर्ने माग राख्दै आएको छ । तर प्रचण्डले पार्टीको अध्यक्ष पद पाए अन्य पदमा सम्झौता गरेरै पनि अघि बढ्नसक्ने संकेत देखाएका छन् भने सत्ता समिकरणमा भने सन्तुलन कायम राख्नुपर्ने प्रस्ताव अघि राखेका छन् ।

माकेका नेता गिरीराजमणी पोखरेलले पावर सेयरिङ प्रमुख नेताहरूदेखि अन्य नेताहरूको पनि माथिदेखि तलसम्म मिलाउनु पर्ने बताउँछन् । उनले एमालेले सरकारको नेतृत्व लिए पार्टीको नेतृत्व प्रचण्डले स्वभाविक रूपमा पाउनु पर्ने तर्क गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ