नयाँ शक्तिको बिस्तारित बैठक सुरू ,तीन दिनसम्म नयाँ शक्तिको शल्यक्रिया गर्ने बाबुरामकाे प्रतिक्रिया

नयाँ शक्तिको बिस्तारित बैठक सुरू ,तीन दिनसम्म नयाँ शक्तिको शल्यक्रिया गर्ने बाबुरामकाे प्रतिक्रिया

  • मङ्लबार, पुस १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं,१८ पुस । नयाँ शक्ति पार्टीको बिस्तारित बैठक मंगलबारदेखी तीन दिनसम्म कास्कीमा बस्दैछ ।

नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले कास्कीमा तीन दिनसम्म पार्टीको शल्यक्रिया गर्ने बताएका छन । निर्वाचनपछि पहिलो पटक बस्न लागेको पार्टीको बिस्तारित बैठकलाई लिएर संयोजक भट्टराईले यस्तो भनेका हुन ।

भट्टराईले आफ्नो फेसबुक पेजमा लेखेका छन, ‘बैठकलाई परम्परागत ढाँचा भन्दा फरक ढंगले सन्चालन गर्दै तीन दिनसम्म आफ्नै निर्मम शल्यक्रिया गरिनेछ र देशमा सच्चा वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई नयाँ र अरू तीब्र ढंगले अघि बढाइनेछ ।’  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नयाँ शक्तिले राम्रो नतिजा ल्याउन नसकेपछि भावि रणनीति बनाउन महाधिवेशन आयोजक समितिको बैठक बोलाएको हो । बैठकमा केन्द्रीय कार्यकारी समिति, संरक्षक परिषद र विज्ञ परिषदका गरी करिब २०० जना सहभागी हुने सो पार्टीले जनाएको छ ।  निर्वाचनमा नयाँ शक्तिबाट प्रतिनिधिसभामा भट्टराई र प्रदेशसभामा प्रत्यक्षतर्फ २ जना र समानुपातिकमा १ जना बिजयी भएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ