काठमाडौं, पुस १८ ।
पार्टी एकीकरणको बहस चर्किएका बेला नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठक आज बस्दै छ ।
मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी एकतालगायतका विषयमा छलफल गर्न केन्द्रीय कार्यालय बैठक आह्वान गरिएको हो ।
नेकपा एमाले र माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकीकरणको बहस चर्किएका बेला अध्यक्ष पुष्पकमल दाहालले बैठक आह्वान गरेका हुन् ।
अध्यक्ष दाहालको निवास खुमलटारमा बस्ने बैठकमा सरकार गठनलगायतका विषयमा समेत छलफल हुने बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline