२ करोडमा सांसद पद बिक्री गरेकाे माओवादी नेता हिमालको खुलासा : भन्छन् , नवसामन्तलाई ठोक्नुपर्छ

२ करोडमा सांसद पद बिक्री गरेकाे माओवादी नेता हिमालको खुलासा : भन्छन् , नवसामन्तलाई ठोक्नुपर्छ

  • सोमवार, पुस १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

१७ पुस,काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता झम्क पराजुली ‘हिमाल’ले पार्टीका नेताहरुले जनयुद्ध लडेका इमान्दार नेता-कार्यकर्ताहरुलाई पाखा लगाएर पैसामा सांसद पद बिक्री गरेको अारोप लगाएका छन् । उनले माओवादी केन्द्र अब माओवादी नरहेको समेत बताए ।

एक अनलाइनसँगको कुराकानीमा नेता पराजुलीले माओवादी केन्द्रका नेताहरुले चुल्ठे-मुन्द्रहरुलाई जम्मा गरेर पैसा उठाउँने गरेको तर इमान्दार कार्यकर्ताहरुलाई पाखा लगाउने गरेका कारण माओवादी केन्द्र विसर्जनको बाटोमा हिडेको बताए । उनले माओवादी केन्द्रसँग धेरै अाशा गर्ने ठाउँ अब नभएको समेत बताए ।

”माओवादी आन्दोलन विसर्जन तिर गइरहेको देखेको छु । माओवादी आन्दोलनबाट धेरै आशा गर्नुपर्ने म देख्दिनँ । पुराना दुख गरेर आएको मान्छे सबै पाखा लाग्दैछन् । चुल्ठे मुन्द्रेहरुलाई जम्मा गराएर, पैसा उठाइँदै छ । उनीहरुलाई आफ्नो बनाइँदैछ इमानदार कार्यकर्तालाई पराइ बनाइँदैछ । यसले यो आन्दोलन विसर्जनको संकेत गर्दछ । सबै युवा साथीहरुले यसमा विचार गर्नुपर्छ यस्ता क्रियाकलाको घोर विरोध गर्नुपर्छ” पराजुलीले भने ।

केही दिन पहिले पार्टी कार्यालयमै नेता हितमान शाक्य र झक्कु सुवेदीलाई कुटेको भनेर चर्चामा अाएका नेता पराजुलीले अाफूले हातपात नगरेको तर झोला खोसेर ल्याएको बताए । ”एउटा झोला अलि वर सम्म ल्याएँ । तर, त्यहाँ कागजात नभएपछि त्यो झोला वाइसिएल अध्यक्ष दीपशिखा मार्फत झोला बुझाइदिएँ । मैले हातपात गरेको छैन” पराजुलीले भने । उनले दास बन्न माओवादी अान्दोलनमा नलागेको समेत बताउँदै कसैको हनुमान बन्‍न नसक्ने बताए ।

नेता पराजुलीले जनयुद्धमा श्रीमती गुमाएको बताउँदै अाफ्नो जीवन नाफाको जीवन भएको बताए । जनयुद्धमा लडाइँको क्रममा उनले अाफ्नो छातीमा गोलीको प्वाल परेको बताए । पुराजुलीले अाफू सामन्तहरुविरुद्ध लागेको बताउँदै पार्टीभित्रका नवसामन्तहरुको विरुद्ध पनि लड्‍ने बताए । ”छातीमा गोलीले प्वाल पारेको छ । सामन्तहरुको विरुद्ध लागेको मान्छु हुँ । आफ्नै पार्टी भित्र भएका नवसामन्तहरुका विरुद्ध नलाग्नु र ?”

प्रदेश सांसद छनोटमा भएको भेदभावबारे छलफल गर्न जाँदा नेता शाक्यले पार्टी कार्यालयमा अनुमति नलिएर किन अाएको भन्दै हर्कान थालेको बताउँदै नेता पराजुलीले भने, एउटा नेता जुन सर्वहारा वर्गको पार्टीको रुपमा प्रतिनिधत्व गर्ने भनिरहेको छ । जसले १० वर्ष रगत बगायो । त्यस्ता नेताहरु कुनै कार्यालय सदस्यलाई नबोलाई आफ्नै मान्छेका लागि निर्णय गरे । यो मेरो लागि आपत्तिको विषय भयो । मैले यो कुरा के हो भनेर सोधेकै हो । मेरो प्रश्न थियो,‘यो कसरी भयो मलाई बुझाइदिनुस् ।’ तर, उहाँले भन्नु भयो,‘तपाईं बढि नहुनुस् । यहाँ आउने अनुमति कसले दियो ?’”

पराजुलीले अाफू २०५२ फागुन १ गते जनयुद्धमा होमिएको बताए । ”२०५२ साल फागुन १ गतेदेखि जनयुद्धमा होमिएको मान्छे हुँ । जनयुद्धमा मेरी श्रीमती सहिद भएकी थिइन् । म सहिद परिवारको मान्छे हुँ । मेरो छातीमा सेनाको गोली छ । म घाइते पनि हुँ । त्यतिमात्रै होइन २०४५-४६ सालको सिन्धुपाल्चोकको पहिलो विद्यार्थी अध्यक्ष हुँ” पराजुलीले भने ।

प्रदेश सभा सदस्य छनोट गर्दा निरन्तर जनतासँग जोडिएको अाफू र अाफूजस्तै कार्यकर्तालाई नेताका श्रीमती र छोरीलाई छनोट गरिएकोप्रति अाफ्नो अापत्ति भएको बताए । ”म निरन्तर यो पार्टीमा भएको मान्छे, फिल्डमा भएको मान्छे त अन्यायमा परेको छु । खैर मेरो कुरा छाडिदिउँ । जो फिल्डमा काम गरिरहेका महिलाको नाम छैटौँ सातौँ स्थानमा छ । सहिद परिवारको मान्छेको नाम चौथो पाँचौँ स्थानमा छ । सिता अधिकारी भन्ने मान्छे कसैले चिनेको पनि छैन । महेश्वर दाहालको श्रीमती रे । भावना सुवेदी जो रोल्पाकी नागरिकता छ । चितवनमा विहे गरेको छ, व्यापार गरेर बसेकी छिन् । उनी झक्कुकी छोरी हुन् भन्दैमा पहिलो नम्बर वा दोस्रो नम्बरमा राख्नु पर्छ ?” पराजुलीले भने ।

नेता पराजुलीले अर्को गम्भी कुराको खुलासा पनि गरेका छन् । पार्टीका नेताहरुले २ करोड रुपैयाँ कमिशन लिएर आङडेण्डी शेर्पालाई प्रदेश सभा सदस्य बनाएको बताए । पराजुलीले अगाडि प्रश्‍न छ, ”आङडेण्डी शेर्पाजस्तो व्यक्तिलाई २ करोड रुपैयाँ कमिशन लिएको भन्ने सुनिएको छ । त्यस्ता मान्छेलाई सांसद बनाउने तर यो आन्दोलनमा लागेका मान्छेलाई पाखा लगाइएको छ । न्याय दिने नेताको गुण यही हो ?”

अाफूले कसैमाथि हातपात नगरेको बताउँदै नेता पराजुलीले भने, ”उनीहरुको झोलामा प्रदेश सांसदको नामावली छ की भन्ने लागेर झोला तानेको हुँ । झोला तान्दा मोबाइल खस्यो भन्ने सुनियो तर मैले देखिनँ ।” उनले माओवादी केन्द्रका युवाहरुले विचार गर्नु पर्ने बेला अाएको समेत बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ