पार्टी एकतापछि प्रचण्डले राजनीतिबाट सन्‍यास लिनुपर्छः एमाले नेता भट्टराई

पार्टी एकतापछि प्रचण्डले राजनीतिबाट सन्‍यास लिनुपर्छः एमाले नेता भट्टराई

  • सोमवार, पुस १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

१७ पुस,काठमाडौं । नेकपा एमालेका युवा नेता योगेश भट्टराईले पार्टी एकतापछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिबाट सन्‍यास लिनु पर्ने बताएका छन् ।

एमालेका सचिव तथा प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईले काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओली र माके अध्यक्ष प्रचण्डले राजनीतिबाट सन्यास लिनुपर्ने बताएका हुन् । उनले एकता प्रक्रिया सकेर सन्‍याल लिन सुझाव दिए ।

एकीकृत पार्टी तथा देशको नेतृत्वको जिम्मा अब दोस्रो तथा तेस्रो पुस्ताको काँधमा दिएर ओली र प्रचण्डले राजकीय व्यक्तित्व बनेर देश, विदेशका ठूला विश्वविद्यालयमा नेपालको शान्ति प्रक्रिया र राजनीतिक व्यवस्थापनका बारेमा लेक्चर दिन जानुपर्ने भनाई राखेका थिए ।

एमाले र माकेको एकता नागरिकबाट अनुमोदन भइसेको बताउँदै भट्टराईले चाँडै नै एकताको घोषणा गरी त्यहि कार्यक्रममा दुई नेताले राजनीतिबाट सन्यास लिन सुझाव दिए । ‘पार्टी एकताको प्रक्रिया पूरा गरेपछि उहाँहरुले राजनीतिको परीक्षामा पूर्णाङ्क प्राप्त गर्नुहुन्छ । अब पनि अध्यक्ष वा प्रधानमन्त्री बन्छु भन्नु फेरि परीक्षामा सहभागी हुनु जस्तै हो । उहाँहरुले सतप्रतिशत अंक ल्याएर पास भएकाले फेरि परीक्षा दिनु आवश्यक छैन’ उनले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ