१५ पुस, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान बनिसकेको र निर्वाचन सम्पन्न भइसकेकोले अव कुनै पनि स्थितीमा देश अघि बढ्ने बताउनु भएको छ ।
एमाले उपाध्यक्ष वामदेव गौतमद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा बोल्दै आज वाम गठबन्धनलाई बिथोल्न जुनसुकै प्रयास गरेपनि वाम गठबन्धनको सरकार बनेरै छाड्ने बताउनु भयो ।
अब बन्ने वामपन्थी सरकारले अग्रगामी कार्यक्रम र आर्थिक नीति निर्माणमा लाग्ने उहाले प्रतिवद्धता व्यतm समेत गर्नुभएको हो ।
वामपन्थीहरुले बहुमत पाएकाले अब केन्द्र र स्थानीय तहमा समेत काम गर्ने वातावरण बनेको हुनाले देश विकासको बाटोमा अघि बढ्ने ओलीले बताउनु भयो ।
पार्टी एकताका सन्दर्भमा माओवाद र जनताको बहुदलीय जनवादको अवस्था के हुने भन्नेबारे चलिरहेको बहसका सन्दर्भमा पनि ओलीले अप्रत्यक्षरुपमा आफ्ना धारणा व्यतm गर्नुभयो ।