काठमाडौं, पुस १५ ।
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचनको सम्पूर्ण प्रक्रिया पुरा भएपछि काँग्रेसले सरकार छाड्ने बताउनु भएको छ ।
भिएस निकेतन बुथ समितिले आज काठमाडौँ महानगरपालिका वडा नं ३१ आलोकनगरमा आयोजना गरेको ‘बधाई तथा शुभकामना आदानप्रदान’ कार्यक्रममा उहाले सरकारले पाएको जिम्मेवारी पुरा गरेपछिमात्र सत्ता हस्तान्तरण हुने बताउनु भयो ।
उहाँले बाम गठबन्धनका नेताहरु काँग्रेसले सत्ता छोड्न मानेन भन्ने हल्ला चलाएको भन्दै हल्लाको पछाडि नलाग्न सवैलाई आग्रह पनि गर्नुभएको छ ।
नेता सिंहले राष्ट्रपतिबाट शुक्रबार जारी भएको राष्ट्रिय सभा गठन सम्बन्धी अध्यादेशले राष्ट्रिय सभामा सबै समूदायको प्रतिनिधित्व हुने उल्लेख गर्नुभयो ।
पार्टीका पूर्व महामन्त्री सिंहले जनताको जनमतलाई शिरोधार्य गरेर काँग्रेस प्रतिपक्षमा बस्ने स्पष्ट पार्नुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline