संविधानको मर्मविपरीत अध्यादेश जारी भएको एमालेको ठहर , ओली भए आक्रोशित

संविधानको मर्मविपरीत अध्यादेश जारी भएको एमालेको ठहर , ओली भए आक्रोशित

  • शुक्रबार, पुस १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

१४ पुस, काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको दबाबमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्म्विपरीतको राष्ट्रियसभा निर्वाचनसम्वन्धी अध्यादेश जारी गरेको बताउनु भएको छ ।

एमाले मुख्यालय धुम्बाराहिमा आज आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अध्यादेश नै अलोकतान्त्रिक तरिकाबाट ल्याइएको जिकिर गर्नुभयो ।

आफूले भनेकै हुनुपर्ने नेपाली कांग्रेसको जिद्दीका कारण यो अवस्था आएको उहाँको आरोप थियो । उहाँले भन्नुभयो , राष्ट्रपतिले अध्यादेश जारी गर्नु असंवैधानिक होईन तर यो अनुचित ढंगबाट चौतर्फि दबाबपछि आएकोले हाम्रो असहमति छ ।

एकल संक्रमणीय मत प्रणाली अहिले पूर्ण रुपमा लागू हुन नसक्ने भन्दै उहाँले अध्यादेशमा प्रस्तावित व्यवस्थाको विरोध गर्नुभयो ।

ओलीले आफूले कांग्रेस नेताहरुलाई केही सिट चाहिएको भए कुरा गरौैं भनेको पनि खुलासा गर्नुभयो । एमाले अध्यक्ष ओलीले अहिले पनि सरकार बन्न नदिने खेल भइरहेको पनि बताउनु भयो ।

सरकारले देशको अर्थतन्त्रलाई धरापमा पार्ने किसिमले जथाभावी पैसा बाँडेको र मनपरीरुपमा आफन्तहरुलाई विभिन्न निकायमा नियुक्त गरिरहेको भन्दै उनले आक्रोशसमेत पोख्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ