एक जना सांसदले चाहेमात्र पनि एक वर्षमै यसरी फेरिन्छ गाउँको मुहार

एक जना सांसदले चाहेमात्र पनि एक वर्षमै यसरी फेरिन्छ गाउँको मुहार

  • मङ्लबार, पुस ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

गुजरात, पुस ४ । विकास निर्माणका लागि राजनीतिक नेतृत्व इमानदार हुन जरुरी छ । साथै उसमा विकास निर्माणका लागि इच्छाशक्ति आवश्यक पर्दछ ।

एउटा सांसदले चाहेमात्र पनि कुनै गाउँले एक वर्षमै विकास निर्माणमा कायापलट गर्न सक्छ भन्ने एउटा गतिलो उदाहरण छिमेकी मुलुक भारतको गुजरात राज्यको चिखली गाउँ बनेको छ ।

यो गाउँमा दुईवर्ष अघिसम्म मानिसहरु भौतिक सुविधाका लागि तड्पिने गरेका थिए । बाटो, खानेपानी, विद्युतको पहुँचबाट टाढा रहेको यो गाउँ अहिले आदर्श गाउँ बन्ने तयारीमा छ । एक वर्षको अवधिमै यो गाउँका ४५० घरमा खानेपानीको धारा जडान भइसकेको छ भने प्रत्येक घरमा शौचालय बनेको छ । गाउँमा एउटा शानदार पार्क बनेको छ भने सडकमा सीसीटीभी क्यामेरा जडान गरिएको छ ।

यो गाउँको विकासमा सांसद सीआर पाटिलको अहम् योगदान छ । नवसारी जिल्लामा पर्ने यो गाउँलाई सांसद पाटिलले एक वर्षअघि जिम्मा लिएरै विकास निर्माणका काम अघि बढाएका हुन् ।

उनले गाउँको विकासका लागि एक वर्षमा जम्मा तीन करोड रुपैयाँ खर्च गरेका छन् भने करिब अढाइ करोड रुपैयाँ ग्राम पञ्चायतले खर्च गरेको छ ।

सडकमा सौर्य प्यानलबाट विद्युतीकरण गरिएको छ, जसले गर्दा राति सबैजसो सडकमा बत्ती बल्छन् । गल्ली–गल्लीमा पिच गरिएको छ भने नदी किनारलाई हरियाली बनाइएको छ । कुनैबेला यो गाउँमा नयाँ आगन्तुक जान हिच्किचाउने गर्दथ्यो भने अहिले यो गाउँको विकास निर्माणको नमूना अध्ययनका लागि छरछिमेकका जिल्लाबाट समेत मानिस आउन थालेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ