जेरुसेलमलाई राजधानीको मान्यता दिने अमेरिकी निर्णय सुरक्षा परिषद्मा छलफल हुने

जेरुसेलमलाई राजधानीको मान्यता दिने अमेरिकी निर्णय सुरक्षा परिषद्मा छलफल हुने

  • सोमवार, पुस ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

जकार्ता ३ पुष ।
जेरुसेलमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिने अमेरिकाको निर्णयका बारेमा संयुत्त राष्ट्रसंघको सुरक्षा परिषदमा छलफल हुने भएको छ ।

अमेरिकाको उक्त निर्णयका विरुद्धमा विश्वका इस्लाम समुदायका नागरिकले विरोध प्रदर्शन गरिरहेका बेला राष्ट्रसंघमा छलफल हुने भएको हो ।
गत डिसेम्बर ६ मा अमेरिकी ट्रम्प प्रशासनले जेरुसेलमलाई राजधानीको मान्यता दिने निर्णय गरेको थियो ।

निर्णयका विरुद्धमा विश्वका विभिन्न देशमा प्रदर्शन जारी रहेको बताइएको छ । यसैक्रममा हिजो मात्र इन्डोनेसियाको राजधानी जकार्तामा गरिएको अमेरिका विरुद्धको प्रदर्शनमा दशौँ हजार मुस्लिम नागरिकको सहभागिता जनाएका थिए ।

प्यालेस्टिनीहरूको स्वतन्त्र राज्य मागगर्दै लामो समयदेखि सङ्घर्षरत इस्लामिक हमास समूहले उक्त निर्णयका विरुद्धमा आन्दोलन गर्न आह्वान गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ