पहिलो चरणको निर्वाचन सम्पन्न:मतपत्र संकलन गरिदै ,चारवटा मतदान केन्द्रको मतपेटिका भोलिमात्र ल्याइने

पहिलो चरणको निर्वाचन सम्पन्न:मतपत्र संकलन गरिदै ,चारवटा मतदान केन्द्रको मतपेटिका भोलिमात्र ल्याइने

  • आइतवार, मंसिर १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौं १० मंसिर
पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत आज ३२ जिल्लामा मतदान भएको छ ।

विहान ७ बजेदेखि सुरु भएको मतदानको समय साँझ ५ बजेसम्मका लागि तोकिएको थियो।
मतदानको समय सकिएलगत्तै मतदान केन्द्रबाट मतपेटिका संकलनको कार्य सुरु भएको छ । आज भएको मतदानको मतगणना भने मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनपछि मात्र हुनेछ।

हिमाली भेगका केही स्थानमा चिसोका कारण ढिला गरी मतदान सुरु हुनुका साथै कतिपय स्थानमा भएका बिस्फोटका घटनाबाहेक अन्य ठाँउमा शान्तिपूर्ण रुपमा मतदान भएको निवाचर्न आयोगले जनाएको छ । ढिला गरी मतदान सुरु भएका स्थानहरुमा भने मतदान अझै जारी छ ।
पहिलो चरण अन्तर्गत प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा निर्वाचन भएको हो । ३२ जिल्लामा भइरहेको निर्वाचनमा चार हजार ४६५ मतदान केन्द्र तोकिएका छन् ।
पहिलो चरणमा आज प्रदेश नं. १ का सोलुखुम्बु, ओखलढुंगा, संखुवासभा, भोजपुर, ताप्लेजुङ, पाँचथर र खोटाङ र प्रदेश नं. ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप रहेका छन् ।

यस्तै प्रदेश नंं. ४ का मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लम्जुङ र गोरखा, प्रदेश नंं. ५ का रुकुम पूर्वी भाग र रोल्पा, प्रदेश नं. ६ का रुकुम पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट र डोल्पा तथा प्रदेश नं. ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा मतदान कार्य जारी रहेको छ । पहिलो चरणको यस निर्वाचनमा कूल ३१ लाख ९१ हजार ९४५ मतदाता रहेका छन् ।

उता उपल्लो डोल्पाका दुई मतदान केन्द्र अझै सम्पर्कविहीन भएका छन् । उपल्लो डोल्पाका छार्काताङसोङ गाउँपालिकाको घेराङ मतदान केन्द्र र डोल्पो बुद्ध गाउँपालिकाको कलाङ मतदान केन्द्रमा अझै सम्पर्क हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

डोल्पामा ६६ मध्ये ६४ मतदान केन्द्रमा सम्पर्क भएको र अहिलेसम्म ३७ प्रतिशत मत खसिसकेको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।

उपल्लो डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका स्थित २३ मतदाता भएको फोदगाउँ मतदान केन्द्रमा मतदान सम्पन्न भएको प्रहरीले जनाएको छ ।

उता ,ताप्लेजुङका अति दुर्गम क्षेत्रमा पर्ने चारवटा मतदान केन्द्रको मतपेटिका भोलिमात्र ल्याइने भएको छ ।

जिल्लाको फक्ताङलोङ गाउँपालिका–६ ग्याब्ला प्रावि ग्याब्ला, घुन्सा मावि घुन्सा र सोही गाउँपालिका–७ को वडा कार्यालय गोला र याङ्मा आधारभूत विद्यालय याङ्माका गरी १२ चारवटा केन्द्रका मतपेटिका भोलिमात्र ल्याइने भएको हो ।

भौगोलिक रुपमा विकट र झण्डै तीन दिनसम्मको पैदल दूरीमा रहेका ती केन्द्रका मतपेटिका हेलिकप्टर मार्फत ल्याउने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो ।

अन्य नजिक केन्द्रका मतपेटिका आजै ल्याइने र बाँकी ठाउँका पनि भोलिसम्ममा सदरमुकाम पु¥याउने निर्वाचन अधिकृतले बताउनुभयो । सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भएको मुख्य निर्वाचन अधिकृतले जानकारी दिनुभयो ।

भूगोलका आधारमा मुलुककै तेस्रो ठूलो त्यस जिल्लामा ६५ प्रतिशत मत खसेको अनुमान गरिएको मुख्य अधिकृत कार्कीले बताउनुभयो । ७३ मतदानस्थल र ११४ मतदान केन्द्र निर्धारण गरिएको जिल्लामा ७८ हजार ३९७ मतदाता रहेका छन् ।

आठराई त्रिवेणी गाउँपालिका–३ मा पर्ने सरस्वति मावि मतदान केन्द्रमा दिउँसो प्रेशरकुकर बम फेला परेपछि करिब एक घण्टा मतदान स्थगित भएको थियो । सो बमलाई नेपाली सेनाको टोलीले निष्क्रिय गरेपछि पुनः मतदान शुरु भएको थियो । त्यस ठाउँमा साँझसम्म मतदान भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ