सिंहदरबारमै बम पड्काउने नेपाल कम्युनिष्ट पार्टीको चेतावनी

सिंहदरबारमै बम पड्काउने नेपाल कम्युनिष्ट पार्टीको चेतावनी

  • शनिबार, कार्तिक २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

कात्तिक, २५  कालिकोट – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य भरत बम ‘रणबीर’ले राज्यले सत्ताको आडमा आफुहरुमाथि दमन गरे त्यसको जवाफमा सिंहदरबारमै बम पड्काउने चेतावनी दिएका छन् ।

कालिकोटको रास्कोटमा नेकपाले गरेको आमसभालाई सम्बोधन गर्दै नेता बमले अबको क्रान्ति गाउँभन्दा बढी सहर र काठमाडौमा केन्दृत हुने बताए । “राज्यले थोपरिरहेको युद्धका विरुद्ध हामीले क्रान्तिको नयाँ मोडेल अगाडि सारेका छौं,” उनले भने, “अब जनताको घर आँगनमा हैन, दलालहरुको केन्द्र काठमाडौ र सिंहदरबारमा लडाइ हुन्छ ।”

देश र जनताको जीवनमा परिवर्तन ल्याउने कुरा प्रधान भएको भन्दै बमले मंसिरमा घोषणा गरिएको चुनावले वास्तविक शान्ति र समृद्धि स्थापना गर्न नसक्ने बताए । प्रचण्ड-बाबुरामले संसदबादी दलसँग आत्मसमर्पण गर्दै सहिदका सपनालाई बिक्री गरेको आरोप लगाउदै उनले स्वविवेकले चल्न माओवादी कार्यकर्तालाई आग्रह गरे । केही दिनअघि मात्रै गृह मन्त्रालयले चुनाव बिरोधि गतिविधिमा संलग्न रहेको भन्दै विप्लवका नेताकार्यकर्तालाई नियन्त्रणमा लिन जिल्ला सुरक्षा समितिहहरुलाई निर्देशन दिएको थियो ।

सरकारको उक्त निर्णयको बिरोध स्वरुप विप्लवको पार्टीले कालिकोटमा शक्ति प्रदर्शनसहित खुल्ला आमसभा गरेको हो । स्थानीय प्रहरी प्रशासनकै अगाडि चुनाव बिरोधि सामग्रीसहित र्‍याली निकालिएको थियो । सोही कार्यक्रममा बोल्दै पुर्व सभासद तथा अनेमसंघ(क्रान्तिकारी)का केन्द्रीय महासचिव धिरेन्द्रा उपाध्याय ‘भृकुटी’ले सिंहदरबारले किसान, मजदुर, दलित, महिला, श्रमिक जनताको शान्तिपुर्ण आवाज नसुनेकाले आफू फर्किएर जनताको बिचमा आइपुगेको बताइन् ।

जिल्ला पार्टी इन्चार्ज लोकजंङ्ग शाही ‘समर’ले कालिकोट सधैं क्रान्ति र परिवर्तनको पक्षमा उभिएको स्मरण गर्दै आगामी मंसिरको प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव बहिस्कार गर्न जनतालाई आग्रह गरे । कार्यक्रममा नेकपा सेती ब्युरो सदस्य हिमशिखर, अखिल(क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य सुनिता बम ‘कामना’, राष्ट्रिय युवा जनस्वंयमसेबकका कर्णाली ब्युरो संयोजक दिनेश लगायतले आगामी चुवाबमा मतदान नगर्न अपिल गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ