एजेन्सी । चीनले भारतमा ब्रम्हपुत्रको रुपमा बग्ने नदीलाई एक हजार किलो मिटर लामो सुरुगं बनाएर सिञ्जियागं प्रान्तमा लाने योजना बनाएको छ । यसले भारतमा तनाव सृजना हुने देखिएको छ । अहिले परीक्षणको रुपमा सुरुगं निर्माण शुरु भएको चाईना मर्निगं पोष्टले समाचार लेखेको छ ।
चीनमा ब्रम्हपुत्रलाई यार्लुगं जाग्बो भनिन्छि ।
यसलाई तिव्वतबाट विश्वकै लामो सुरुगं मार्फत सिञ्जियागं प्रान्तको बाझो जमिनमा उपयोगका लागि लगिने उल्लेख छ । चीनका ईन्जिनियरहरुले यो परियोजनाले सिञ्जियागलाई क्यालिफोर्निया जस्तो बनाउने दावी गरेका छन् ।
यसरी ब्रम्हपुत्र थुनिदा भारतमा ठूलो मात्रामा पानी तथा बिजुलीको लागि समस्या हुने विष्लेषण हुदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline