सि जिनपिङ दोस्रो कार्यकालका लागि पनि निर्वाचित

सि जिनपिङ दोस्रो कार्यकालका लागि पनि निर्वाचित

  • बुधबार, कार्तिक ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

काठमाडौं, कात्तिक ८।
चीनमा कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनले पाँच नयाँ अनुहार सहित पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गरेको छ । सी जिनपिङको उत्तराधिकारी घोषणा नगरी स्थायी समितिको घोषणा गरिएको हो ।

सात सदस्यीय नयाँ स्थायी समितिमा सी जिनपिङ, लि खछ्याङ, लि झाङ्सु, वाङ याङ, वाङ हुनिङ, झाओ लेजी र हान झेङ छन् । यस्तै चीनिया राष्ट्रपति दोस्रो कार्यकालका लागि निर्वा्चित हुनुभएको छ । महाधिवेशनले सिलाई दोस्रो कार्यकालका लागि सर्वसम्मतले चयन गरेको हो ।

महाधिवेशनमा ध्वनी मतका आधारमा सिलाई आगामि पाँच वर्षका लागि राष्ट्रपति चयन गरिएको हो । साथै सिलाई केन्द्रिय सैन्य आयोगको प्रमुखसमेत नियुक्त गरिएको छ ।

महाधिवेशनले यसअघि मंगलबार सि को विचार तथा सिद्धान्तलाई पार्टीको संविधानमा उल्लेख गर्ने निर्णय गरेर माओत्सेतुङकै बराबरीमा र्पुयाएको थियो ।

महाधिवेशनले बुधबार सिसहित ७ जना पोलिटब्युरो सदस्यको नाम पनि सार्वजनिक गरेको छ । गएको बुधबारदेखि चलिरहेको सम्मेलनले केन्द्रीय समिति र अनुशासन जाँचको केन्द्रीय आयोग लगायतका उच्च निकायको टुंगो लगाइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ