तिराना, १२ असार । अल्वानियामा भएको आम निर्वाचनमा सत्तारुढ दल ‘सोसियोलिस्ट पार्टी अफ अल्बानिया’ (एसपी) ले संसदमा ४८ प्रतिशत मतकासाथ विजयी भएको छ । नयाँ सरकार बनाउन वर्तमान सत्ताधारी दल एसपीलाई स्पष्ट बहुमत मिलेको छ ।
संसद सदस्य सङ्ख्याकोे कुल १४० सदस्य सङ्ख्यामध्ये सत्ताधारी दल एसपीले ७४ सीटकासाथ विजय हाँसिल गरेको छ । सरकार बनाउन ७१ सदस्यले आवश्यक बहुमत पुग्ने भएपछि नयाँ सरकारको पनि पूरानै दलले नेतृत्व गर्ने सौभाग्य पाएको छ ।
संसदको चारवर्षे कार्यकालका लागि गत आइतबार निर्वाचन भएको निर्वाचनमा १८ दलले प्रतिस्पर्धा गरेका थिए ।
बास्तवमा वर्तमान प्रधानमन्त्री एदी रमाले अल्वानियाली नागरिकलाई बहुमत (७१ भन्दा बढी सदस्य) जिताउन अनुरोध गर्दै यसले आफूलाई यूरोपियन यूनियन (इयू)सँग सदस्यताका लागि पहलगर्ने हैसियत दिने बताउनुभएको थियो । उहाँले निर्वाचन अभियानमा अल्वानियालाई भ्रष्टाचारमुक्त र आर्थिक रूपमा सम्वृद्ध गराउने प्रण गर्नुभएको थियो । जनताले प्रधानमन्त्रीको दललाई प्रतिबद्धता अनुरुप कामगर्न चाहिने जनादेश प्रदान गरेका छन् ।
मतदान भएपछि मतपत्रहरू गणनास्थलमा सङ्कलन गरी आइतबार मध्यरातदेखि नै मतगणना सुरु गरिएको थियो । कुल बाह्र क्षेत्रमा विभाजित गरिएको अल्वानियामा ११ क्षेत्रमा एसपीले बहुमत ल्याएको हो ।
प्रमुख प्रतिपक्षी दल डेमोक्र्याटिक पार्टीले संसदमा २९ प्रतिशत अर्थात् ४३ सदस्यलाई निर्वाचित गराउन सफल देखिएको छ । त्यसलाई अर्को दल सोसलिस्ट मुभमेन्ट फर इन्टिग्रेसनले १९ सीटमा विजय हाँसिल गरेको छ ।