चीनद्वारा भारतीय तीर्थयात्रीका लागि ‘नाथुला’ प्रवेशद्वार बन्द , सिक्किमक्षेत्रमा भारतीय सेनाले ‘सीमा अतिक्रमण’ गरेको आरोप

चीनद्वारा भारतीय तीर्थयात्रीका लागि ‘नाथुला’ प्रवेशद्वार बन्द , सिक्किमक्षेत्रमा भारतीय सेनाले ‘सीमा अतिक्रमण’ गरेको आरोप

  • मङ्लबार, असार १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

चीन, १३ असार । भारतीय सेनाले चीन–भारत सीमाअन्तर्गत सिक्किम क्षेत्रमा ‘सीमा पार’ गरेको भनी उनीहरुलाई फिर्ता गर्न आग्रह गरेको छ । साथै चीनले सीमा क्षेत्रमा देखिएको समस्यालाई देखाउँदै कैलाश मानसरोबर यात्रामा जाने भारतीय तीर्थयात्रीका लागि समेत ‘नाथुला’ प्रवेशद्वारलाई बन्द गरेको छ ।

चीनले भारतीय सेनाले सिक्किम क्षेत्रमा चिनियाँ भूभागमा अनधिकृत रुपमा अतिक्रमण गरेको दावी गर्दै भारतसँग सिमानामा देखिएको समस्या विषयमा नयाँ दिल्ली तथा बेइजिङस्थित भारतीय दूतावासका अधिकारीमार्फत् कूटनीतिक विरोधसमेत जनाएको छ ।

“हामीले बेइजिङ र नयाँ दिल्लीमा औपचारिक रुपमा गम्भीर आपत्ति जनाएका छौँ,” चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङ¬ले सञ्चारकर्मीसँगको कुराकानीमा बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो भौगालिक सार्वभौमसत्तालाई जोगाउने अभियान अविचलित रुपमा अघि बढ्नेछ । हामी विश्वास गर्छौं भारतीय पक्ष यस विषयमा सोहीअनुरुप अघि बढ्नेछ र तुरुन्तै चिनियाँ भूभागबाट सेनालाई फिर्ता लग्नेछ ।”

चीनले सोमबार राति नै सुरक्षाको दृष्टिकोणलाई ध्यानमा राखी नाथुला प्रवेशमार्ग हुँदै तिब्बत प्रवेश गर्ने तीर्थयात्रीलाई समेत भ्रमणमा प्रतिबन्ध लगाएको जनाएको थियो ।

यसैबीच चिनियाँ विदेश मन्त्रालयका गेङ सुवाङले मङ्गलबार एक विज्ञप्ति जारी गरीे भारतीय सुरक्षा गार्डलाई तुरुन्त फिर्ता गरी के कति कारणले सीमा अतिक्रमण गरिएको हो अनुसन्धान सुरु गर्न आग्रह गरेको बताउनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी