कार विस्फोट गरी युक्रेनी उच्च गुप्तचर अधिकारीको हत्या

कार विस्फोट गरी युक्रेनी उच्च गुप्तचर अधिकारीको हत्या

  • मङ्लबार, असार १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

युक्रेन, १३ असार । युक्रेनका उच्च पदस्थ गुप्चतर अधिकारीलाई मङ्गलबार एक कार विस्फोट गरी हत्या गरिएको युक्रेनी रक्षा मन्त्रालयले मङ्गलबार जनाएको छ ।

मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “रक्षा मन्त्रालयका मुख्य गुप्तचर निर्देशक म्याक्सिम सापोभलको विस्फोटमा परी घटनास्थलमै मृत्यु भएको छ ।” आवासीय क्षेत्रको सडकमा रहेको उहाँको कारलाई स्थानीय समयअनुसार करिब ८ बजे विस्फोट गराउँदा दुई जना बटुवासमेत गम्भीर घाइते भएका छन् ।

युक्रेन सरकारले घटनालाई आतङ्कवादी हमला बताउँदै घटनाको अनुसन्धान भइरहेको जनाएको छ । युक्रेनी सञ्चार माध्यमले विभिन्न स्रोतलाई उद्धृत गर्दै सापोभल पूर्वी युक्रेनमा भएको द्वन्द्वमा त्यहाँ खटिनुभएको थियो ।

यसै बर्षकोे मार्चमा पनि अर्का युक्रेनी गुप्चतर अधिकारी अलेक्जेन्डर खाराबेरुसलाई यस्तै विस्फोट गराई हत्या गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी