लिउको विषयमा अनावश्यक टिप्पणी नगर्न चीनको आग्रह

लिउको विषयमा अनावश्यक टिप्पणी नगर्न चीनको आग्रह

  • मङ्लबार, असार १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

बेइजिङ, १३ असार । चिनियाँ नागरिक लिउ जियाबाओका विषयमा अनावश्यक र गैरजिम्मेवार टिप्पणी नगर्न चीनले आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु छाङले सो आग्रह गर्नुभएको हो ।

चिनियाँ विदेश मन्त्रालयले चिनियाँ राजधानी बेइजिङ्मा मङ्गलबार आयोजना गरेको नियमित पत्रकार भेटका क्रममा अमेरिकाले सोमबार दिएको अभिव्यक्तिका विषयमा सोधिएको प्रश्नमा प्रवक्ता छाङ्ले सो प्रतिक्रिया दिनुभएको हो ।

चीन सरकारको थुनामा रहेका नोवेल शान्ति पुरस्कार बिजेता चिनियाँ नागरिक लिउलाई सोमबार उपचारका लागि रिहा गरिएको थियो । उहाँलाई क्यान्सर रोग देखिएकोले उपचारका लागि रिहा गरिएको थियो ।

यसैबीच हिजो नै अमेरिकाले उहाँलाई उपचारपछि पनि स्वतन्त्र छोडिदिन चीन सरकारलाई आग्रह गरेको थियो । अमेरिकाको सो भनाईलाई चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लुले गैरजिम्मेवार अभिव्यक्तिको संज्ञा दिनुभएको छ ।

उक्त अमेरिकी अभिव्यक्तिका बारेमा पत्रकारले सोधको एक प्रश्नको जवाफमा उहाँले भन्नुभयो– चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न तथा कुनै पनि प्रकारको गैरजिम्मेवार अभिव्यक्ति दिन कसैलाई अधिकार छैन ।

प्रवक्ता लुले भन्नुभयो– चीन कानुनी शासन भएको देश हो र यहाँ सबै नागरिक कानुनको अगाडि समान छन् । जुनसकै देशले पनि चीनको यो न्यायिक सम्प्रभुताको सम्मान गर्नुपर्छ र कुनै व्यक्तिगत मुद्धालाई उदाहरण बनाएर टिप्पणी गर्नु राम्रो होइन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी