उत्तरपश्चिमी पाकिस्तानमा १८ को मृत्यु, सय बढी घाइते

उत्तरपश्चिमी पाकिस्तानमा १८ को मृत्यु, सय बढी घाइते

  • शुक्रबार, असार ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

इश्लामाबाद, ९ असार । पाकिस्तानकोे राजधानी इश्लामावादबाट उत्तरपश्चिममा अवस्थित पाराचीनारमा भएका दुई विस्पोटमा कम्तिमा १८ जनाको मृत्यु भएको छ । घटनामा परी अन्य एक सय जना भन्दा बढी घाइते भएका छन् ।
लगातार भएको दुई विस्फोटनका घटना शुक्रबार दिउसोको समयमा भएको स्थानीय उर्दु टेलिभिजन च्यानल जिओले जनाएको छ ।
स्थानीय समय अनुसार दिउसो ५.३० बजे इद पर्वका लागि सरसामानहरु किन्न व्यस्त भईरहेका बेला भीडमा विस्फोटन गराइएको अधिकारीहरुले जानकारी दिएका छन् ।
अर्को विस्फोटन केही मिनेटको अन्तरमा पहिलो विस्फोटनबाट प्रभावितहरुलाई उद्धार गरेर राखिएको ठाँउमा भएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् ।
दोस्रो विस्फोटन आत्मघाती विस्फोटन भएको जस्तो देखिएपनि आधिकारीक पुष्टी भने भइसकेको छैन ।
दुवै विस्फोटनमा परी घाइते भएकाहरुलाई सुरक्षाकर्मीहरुले तत्काल उद्धार गरेको संबाददाताहरुले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी