इराकमा भएको आत्मघाती आक्रमणमा नौको मृत्यु

इराकमा भएको आत्मघाती आक्रमणमा नौको मृत्यु

  • शुक्रबार, असार ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

इराक, ९ असार । पश्चिमी इराकमा शुक्रबार भएको एक आत्मघाती आक्रमणमा परी कम्तीमा नौ व्यक्तिको मृत्यु भएको छ । सो आक्रमणमा कम्तीमा आठ सर्वासधारण र एक सैनिकको मृत्यु भएको हो ।

यस आत्मघाती बम आक्रमणमा अन्य ११ व्यक्ति घाइते भएका छन् । पश्चिमी अन्बार प्रान्तको अल बागदादको छिमेकमा पर्ने सहरमा आक्रमण गर्ने चार आत्मघाती आक्रमणकारी मध्येका एक जनाले सो आक्रमण गरेको बताइएको छ ।

सैनिक कारबाहीको क्रममा तीन आत्मघाती आक्रमणकारी भने मारिएका र एक भाग्न सफल भएका थिए ।

चौथो आत्मघाती आक्रमणकारीले सर्वसधारण नागरिक र सैनिक समूहमा बसेका व्यक्तिलाई लक्ष्यगरी सो आत्मघाती आक्रमण गरेको बताइएको छ ।

बग्दाददका एक प्रहरी अधिकृत र एक स्थानीय जिल्ला अधिकारीले आठ सर्वसाधारण र एक सैनिक मारिनुको साथै ११ सर्वसाधारण घाइते भएका पुष्टि गरेका छन् ।

सरकार समर्थक बलले अन्बार प्रान्तका केही सहर पुनः कब्जामा लिएको भएता पनि सिरियाको सीमामा पर्ने क्षेत्रहरुमा जिहादीहरुको नियन्त्रण अझै केही स्थानमा कायम नै रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी