हैजाबाट यमनमा बाह्रसय भन्दाबढीको मृत्यु, करिब तीन लाख विरामी

हैजाबाट यमनमा बाह्रसय भन्दाबढीको मृत्यु, करिब तीन लाख विरामी

  • शुक्रबार, असार ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

जेनेभा, ९ असार । यमनमा देखिएको हैजाको प्रकोप भयानक बन्दै गएको समाचार छ । संयुक्त राष्ट्रसंघीय अधिकारीहरुले सो जानकारी दिएका छन् ।
 
प्राप्त समाचारअनुसार यसै बर्षको सुरुदेखि हालसम्म यहाँ फैलिएको हैजाको प्रकोपबाट कम्तीमा पनि एक हजार २६५ को ज्यान गएको छ ।
 
संयुक्त राष्ट्रसंघीय अधिकारीकाअनुसार सो प्रकोपबाट यस बर्षको अन्त्यसम्ममा कम्तीमा पनि तीन लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ ।
 
हैजाको प्रकोपबाट भएको सो सङ्क्रमण यसबर्षको अन्त्यसम्ममा कम्तीमा पनि तीनलाख पुग्ने र यसको नियन्त्रणका लागि प्रभावकारी कदम नचालिएमा यसको प्रकोप निकै नै भयानक बन्दै जाने बताएका छन् ।
 
यमनमा केही वर्षयतादेखि विद्रोह जारी रहेको छ । सो विद्रोहका कारण नागरिकका आधारभूत आवश्यकतामा पनि असर परिरहेको छ ।
 
न्युनतम मानवीय सहायता पनि पाउन नसक्दा यहाँका बालबालिकाका साथै विभिन्न व्यक्ति हैजाको सङ्क्रमणबाट प्रभावित भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी