तनावग्रस्ता क्षेत्र कास्मििरमा स्थानीयद्धारा गस्तीमा रहेका प्रहरी अधिकारीको कुटेर हत्या

तनावग्रस्ता क्षेत्र कास्मििरमा स्थानीयद्धारा गस्तीमा रहेका प्रहरी अधिकारीको कुटेर हत्या

  • शुक्रबार, असार ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

श्रीनगर, ९ असार ।
भारत अधिनस्थ काश्मिरमा रहेको एक मस्जिदको बाहिर गस्तीमा रहेका एकजना प्रहरी अधिकारीलाई आक्रोशित भीडले कुटेर हत्या गरेको छ ।
मारिनेमा मोहमद आयुब पान्डित नामका प्रहरी अधिकारी रहेको भारतीय प्रहरी स्रोतले जनाएको छ ।
प्रहरीे नै मारिएपछि विवादित सो क्षेत्रमा तनाव झन बढेको छ । कैयौँको सङ्ख्यामा आएका व्यक्तिको कुटाईबाट ती प्रहरी अधिकारीको ज्यान गएको भारतीय सन्चार माध्यमले जनाएका छन् ।
यसअघि केही समययतादेखि जारी रहेको हिंसाबीच आज भएको यस घटनाले थप तनाव बढाएको छ । पछिल्लो समय पहाडी क्षेत्रमा सुरक्षाबल र सर्वसाधारणबीच नै झडप सुरु भएको छ ।
प्रहरीद्वारा जारी विज्ञप्तिमा राज्य प्रहरी सञ्जालका उप निरीक्षक पन्डितको उत्तेजित भिडको आक्रमणको कारण हत्या भएको जनाइएको छ । आफ्नो कर्तव्य पालनाकै क्रममा उनको मृत्यु भएको प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।
सन् १९४७ मा बेलायतको उपनिवेशबाट मुक्त भएपछि विभाजन भएका भारत पाकिस्तान दुबैले काश्मिर क्षेत्रलाई आफ्नो भूभागका रुपमा दावी गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी