युरोपेली नागरिकले पनि बेलायती नागरिक सरहा नै अधिकार पाउने

युरोपेली नागरिकले पनि बेलायती नागरिक सरहा नै अधिकार पाउने

  • शुक्रबार, असार ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

एजेन्सी, ९ असार ।
बेलायती प्रधानमन्त्री टेरेजा मेले इयुबाट बाहिरिएपछि आफ्नो मुलुकमा बसोबास गर्दै आएका लाखौं युरोपेली नागरिकले पनि बेलायती सरह नै अधिकार पाउने महत्वकांक्षी योजना प्रस्तुत गर्नुभएको छ ।

बेल्जियमको राजधानी ब्रेसेल्समा आयोजित एक कार्यक्रममा इयु नेता समक्ष मेले बेलायतमा ५ बर्षदेखि बसोबास गर्दै आएका युरोपेली नागरिकले बेलायती सरह नै सेवा सुविधा प्राप्त गर्ने बताउनु भएको हो ।

मे का अनुसार इयु आवद्ध मुलुकका नागरिकलाई सेटल्ड इयु भनी आप्रवासी हैसियत दिइने र उनीहरुले बेलायती नागरिक सरह स्वास्थ्य, शिक्षा र पेन्सनजस्ता सुविधा उपभोग गर्न पाउने व्यवस्था मिलाइनेछ ।

मेले बेलायतमा हाल बसोबास गर्दै आएका युरोपेली नागरिकले बेलायत छाड्नुपर्ने भनी प्रचारमा आएका कुरा निराधार रहेको बताउनुभयो । बेलायतमा हाल रहेका करीब ३२ लाख युरोपेली बसोवास गरिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी