इराकको ऐतिहासिक अल–नूरी मस्जिद ध्वस्त

इराकको ऐतिहासिक अल–नूरी मस्जिद ध्वस्त

  • बिहिबार, असार ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

एजेन्सी ८ असार ।
विद्रोही संगठन इस्लामिक स्टेट आइएसले इराकको मोसुल शहरमा रहेको ऐतिहासिक अल–नूरी मस्जिद ध्वस्त बनाएको छ ।

सन् २०१४ मा आइएसका नेता अबू बक्र अल–बगदादीले शरण लिएको मस्जिद आइएसले ध्वस्त बनाएको इराकी सेनाले जनाएको छ ।

तर आइएसले भने उक्त मस्जिद एक अमेरिकी लडाकू विमानबाट गरिएको हमलामा नष्ट भएको दाबी गरेको छ । आकाशबाट लिइएको तस्बिरमा मस्जिदको अधिकांश हिस्सा नष्ट भएको देखाइएको छ ।

इराकको सरकारी सेनाले मोसुल शहरलाई आइएसको नियन्त्रणबाट मुक्त गर्न कारबाही अभियान चलाइरहेको छ । इराकी सेनाका कमान्डर मेजर जनरल जोसेफ मार्टिनले आफूहरु मस्जिदबाट करिब ५० मिटर टाढा पुगेका बेला आइएसले अर्को एक गम्भीर अपराध गरेको बताउनु भयो ।

यसैबीच इराकका प्रधानमन्त्री हैदर अल अबादीले मस्दिज ध्वस्त पारेर आइएसले आफ्नो हार स्वीकार गरेको बताउनु भएको छ ।

यो मस्जिद सन् ११७२ मा निर्माण गरिएको थियो । आइएसले यसअघि इराक र सिरियाका केही महत्वपूर्ण ऐसतहासिक स्थल पनि ध्वस्त पारिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी