बाढीबाट असाममा ६९ हजार प्रभावित

बाढीबाट असाममा ६९ हजार प्रभावित

  • सोमवार, असार ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

नयाँदिल्ली, ५ असार । भारतको उत्तरपूर्वी राज्य असाममा आएको बाढीको कारण ६९ हजार व्यक्ति प्रभावित हुनुको साथै अन्य ४ हजार भन्दा बढी विस्थापित भएका छन् ।

भारतीय सरकारी रेडियो अल इन्डिया रेडियो (एआइआर) ले सोमबार यस विषयमा जानकारी दिएको छ । सो रेडियोले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै बाढीबाट असामको पाँच वटा जिल्ला प्रभावित भएको जानकारी दिएका छन् ।

पाँचवटा जिल्लाका करिब ६९ हजार व्यक्ति प्रभावित भएको एआइआरले जानकारी दिएको समाचारमा उल्लेख छ ।

बाढी प्रभावित जिल्लाहरुमा उदाल्गुरी, विश्वनाथ, सोनीतपुर, लखिमपुर र दराङ रहेका छन् प्राप्त एक अर्काे समाचारमा उदालगुरी सोनीतपुर जिल्लाका करिब ४ हजार व्यक्तिलाई शरणार्थी शिवीरमा राखिएको जनाइएको छ ।

अधिकारीहरुका अनुसार बाढीको प्रकोप जारी रहेको र यसका कारण १६ सय हेक्टर भन्दा बढी कृषियोग्य जमीन प्रभावित भएको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी