यमनमा भएको हवाई आक्रमणमा चौबिस जनाको मृत्यु

यमनमा भएको हवाई आक्रमणमा चौबिस जनाको मृत्यु

  • आइतवार, असार ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

यमन, ४ असार । उत्तरी यमनको एक बजारमा आइतबार हवाई आक्रमण हुँदा कम्तीमा २४ जना सर्वसाधारणको मृत्यु भएको यमनी स्वास्थ्य अधिकारी एवम् प्रत्यक्षदर्शीले बताएका छन् ।

यमनी विद्रोहीविरुद्ध साउदी अरब नेतृत्वको सेनाले गरेको हवाई आक्रमणमा उनीहरुको मृत्यु भएको यमनी सुरक्षाकर्मीले नाम गोप्य राख्ने सर्तमा बताए ।

प्रायजसो मृतक साउदी अरबको सिमानामा रहेको सादा प्रान्तको मासनाक बजारमा काम गरिरहेका यमनी नागरिक रहेको बताइएको छ । सादा प्रान्त यमनी विद्रोहीको प्रभाव क्षेत्र हो ।

यमनमा इरानद्वारा सहयोग प्राप्त हुथी विद्रोहीविरुद्ध अरब गठबन्धन सेनाले सन् २०१५ देखि हवाई आक्रमण गर्दै आएको छ ।

गठबन्धन सेनाले विद्रोहीले सर्वसाधारणलाई मानव ढालका रुपमा प्रयोग गर्दै आएको दाबी गरेको छ । सेनाले सो आक्रमणमा आफ्नो संलग्नता रहेको वा नरहेको बारे केही प्रतिक्रिया दिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी