काठमाडौ ३ असार ।
अमेरिकी नौ सेनाको पानी जहाज जापानको समुद्री क्षेत्रमा अर्को पानी जहाजसँग ठोक्किँदा चालक दलका सात सदस्य बेपत्ता भएका छन्
घटनामा तीनजना घाइते भएका छन् । उनीहरुलाई योकोसुकाको अस्पताल लगिएको छ । अमेरिकी नौसेनाको युएसएस फिट्जेरल्ड पानी जहाज सामान बोक्ने अर्को पानी जहाजसँग योकोसुकाको दक्षिण–पश्चिम तर्फको समुद्री क्षेत्रमा ठोक्किएको हो ।
योकोसुकाको दक्षिण–पश्चिमी तटीय क्षेत्रबाट एक सय तीन किलोमिटर पर प्रशान्त महासागरमा भएको दुर्घटनामा नौसेनाको पानी जहाजको दायाँ भागमा ठूलो क्षति पुगेको छ ।
दुर्घटनाग्रस्त १५४ मिटर लामो नौसेनाको पानी जहाज योकोसुका तर्फ आउँदै गरेको छ । तर त्यसमा इन्धनको कमि रहेको सिएनएनले जनाएको छ । दुर्घटनामा हराएका सातजनाको खोजी भइरहेको अमेरिकी अधिकारीले बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline