आईएस लडाकु मारिएको रुसको आशंका

आईएस लडाकु मारिएको रुसको आशंका

  • शुक्रबार, असार २, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

एजेन्सी ,२ असार ।
रुसले सिरियामा गरेको हवाई आक्रमणमा इस्लामिक अतिवादी समुह आइएसका प्रमुख मारिएको आशंका गरेको छ ।

गत मे २८ मा भएको आक्रमणमा आइएस प्रमुख अबु बक्र अल–बग्दादी मारिएको आशंकामा अनुसन्धान भइरहेको रुसको रक्षा मन्त्रालयले जनाएको छ ।

सो आक्रमणमा आईएसका ३ सय ३० भन्दा बढी लडाकु मारिएका थिए । सिरियाको उत्तरी भेगमा पर्ने रक्कामा आईएसको सैन्य काउन्सिलको बैठक बसिरहेको स्थानमा रुसले आक्रमण गरेको थियो । बग्दादीको मृत्युको खबर यसअघि पनि पटक पटक आए पनि पुष्टी भने भएको थिएन । बग्दादीका सबै सहयोगीहरु पनि आक्रमणमा मारिएको बताइएको छ । बग्दादीलाई सन् २०११ को अक्टोबरमा अमेरिकाले आतंकवादी घोषीत गर्दै उनलाई पक्राउ गर्ने वा उनीबारे सूचना दिनेलाई पुरस्कार स्वरुप २ करोड ५० लाख डलर दिने घोषणा गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी