लन्डनको ग्रेनफेल टावरमा भीषण आगलागी

लन्डनको ग्रेनफेल टावरमा भीषण आगलागी

  • बुधबार, जेष्ठ ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

एजेन्सी , जेठ ३१ ।
बेलायतको लन्डनमा रहेको ग्रेनफेल टावरमा भीषण आगलागी भएको छ । आगलागीका कारण सो टावरमा कयौं मानिसहरु फसिरहेकाले उद्धार कार्य जारी राखिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

लन्डनको लाटिमार रोडमा रहेको २५ तले सो टावर अपार्टमेन्टको रुपमा प्रयोग हुँदै आएको छ । बीचको तलाबाट आगो फैलिएको र सो आगो सम्पूर्ण तलामा फैलिएको बताइएको छ ।

आगलागी नियन्त्रणका लागि सय भन्दा बढी अग्नीनियन्त्रकहरु खटिएका छन् भने २ सय भन्दा बढी दमकल परिचालन गरिएको छ ।

आगलागीले सो शहरको वरिपरीका घरसम्म धुँवा फैलिंदा सयौं मानिसलाई श्वास प्रस्वासमा समस्या भएको छ । आगलागीका कारणबारे केही खुलाईएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी